Ads

जसपा नेता प्रमोद साहमाथि कुटपिट, ३ जना पक्राउ


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि सर्लाहीमा आक्रमण गरिएको छ ।

गए राति खेतमा पानी हालेर फर्किएका उनका सहयोगीमाथि कुटपिट गरिएको थियो । त्यसपछि उद्धारका निम्ति पुगेका साहमाथि समेत आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरएन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित उनकै घरनजिकको बाटोमा आइतबार राति साहमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू