काठमाण्डौ । सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । वसन्त याममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् उक्त रकम सङ्कलन गरिएको हो ।
हिजो आइबारसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताएका छन् ।
सगरमाथाबाट मात्रै ३७ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुमति लिएका २१ वटा हिमालमध्ये वसन्तयामका लागि सबैभन्दा धेरै सगरमाथामा दुई सय ६४ जनाले अनुमति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्