Ads

२०८१ वैशाख ५ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक साधन जुट्ने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । तर आजको दिन श्रमको उचित मूल्य नमिल्न सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानी पुग्ने सम्भावना रहला । छोटो समयमा राम्रै उपलब्धि हात पार्ने अवसर प्राप्त हुने देखिन्छ । विभिन्न भौतिक साधन संग्रह गर्ने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च बढेपनि व्यवसायमा राम्रै फाइदा होला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुनेछ । मित्रजनले साथ दिनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अवसरवादीहरूले झुक्याउन सक्ने दिन छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिएला । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने योग रहेकोले प्रयत्न गर्नु हितकर होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । शुभचिन्तकहरूले योजनामा साथ दिनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन केही चुनौतीपूर्ण रहला । इर्ष्यालुजनले सताउन सक्छन् । स्वास्थ्य पनि अलिक कमजोर रहला । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन राम्रै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्ने योग छ । तर पहिलेको सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता बढ्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । व्यापारमा राम्रै धनलाभ होला । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू