काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालमा प्रतिद्धता भएअनुसार विदेशी लगानी ल्याउनका लागि सरकारले काम गर्ने बताएका छन् । प्रतिद्धताअनुसारको लगानी भित्रिन नसक्नुको कारण पनि खोजिनु पर्ने उनको भनाई छ ।
आज(आइतबार) नेपाल उद्योग वाणिज्य महासंघमा विदेशी लगानी डेक्स स्थापनाका लागि लगानी बोर्ड र महासंघबीच समझदारी गर्न आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । लगानीका लागि गरिएको प्रतिबद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि गहन ढंगले अध्ययन गर्नुपर्ने भन्दै कारण खोजेर प्रतिबद्धताअनुसार अधिकतम लगानी भित्र्याउन सरकारले काम गर्ने जानकारी दिएका छन् ।
सरकारले आन्तरिक एवं वाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्