Ads

एमाले समर्थन गर्न तयार, मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी


काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन नेकपा एमाले सहमत भएको छ।

यसअघि पात्र परिवर्तन गर्नुपर्ने अडान राखेको एमालेले अन्ततः सोडारीलाई नै मुख्यमन्त्री बनाउन सहमत भएको हो।

सोडारी विवादास्पद व्यक्ति भएको भन्दै एमालेले मुख्यमन्त्री बनाउन नसकिने बताउँदै आएको थियो। गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन बालकोटले ‘ग्रिन सिग्नल’ दिएको बताएका छन्। ‘बालकोटले यसअघि उहाँ(सोडारी)को छबिको विषयमा प्रश्न उठाउनु भएको थियो। तर, उहाँलाई नै अघि सार्ने विषयमा बालकोट कन्भिन्स हुनुभएको छ,’ गठबन्धनका एक नेताले भने।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दोस्रोपटक दिएको समय आज ५ बजे सकिँदैछ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्ष ननिस्किएको भन्दै दोस्रोपटक सरकार गठनका लागि आह्वान गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू