Ads

चैत मसान्तभित्र हतियार बुझाउन गृहमन्त्रालयको निर्देशन


काठमाडौँ । स्थानिय चुनावलाई मध्यनजर गरि गृहमन्त्रालयले हतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन निर्देशन गरेको छ । आज(आइतबार) एक सुचना जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकबाट स्थानीय तहको निर्वाचनलाई भरपर्दो, विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त हतियारहरु २०७८ चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने निर्णय भएको सुचनामा उल्लेख छ ।

निर्वाचन पश्चात सम्पूर्ण हतियार फिर्ता हुने बताउँदै हतियारलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू