काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो।
अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् ।
रुघाखोकीले सताएको ओलीको सचिवालयले जनाएको छ । ‘रुघाखोकी हो । रुघाखोकी लागेपछि बाहिर निस्कन उचित नहुने भएकाले निवासमै आराम गरिरहनुभएको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यको भनाइ छ ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्