Ads

नेकपा स्थापनाको हीरक महोत्वसको अध्यक्ष ओलीद्वारा उद्घाटन


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरे ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा बाबुराम भट्टराई उपस्थित हुनुहुन्छ ।

महोत्सवमा अहिले नेकपा स्थापनादेखि अहिलेसम्मको पार्टीको घटनाक्रम, ऐतिहासिक पृष्ठभूमि जोडिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू