काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छिन् ।
ललितपुरको गोदावरीमा सोमबार एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालका कम्युनिस्टहरूको विभाजन विचारका आधारमा भएको हो कि पदको लोभमा भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्- नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।
प्रतिक्रिया दिनुहोस्