मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउला । अवसरको सदुपयोग गर्न विशेष सोचविचार राख्नु हितकर होला । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता वृद्धि हुनेछ । आज आयआर्जन राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । आर्थिक लाभ भने हुने नै देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ । ब्यापार ब्यवसायमा फाइदा नै होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न सहज नहोला । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तैपनि काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सावधान रहनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्ला । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि काममा बाधा दिन सक्ने योग छ । स्वास्थ्य सामान्य कमजोर रहला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्यवृद्धि हुनेछ । आज खास सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । पठन-पाठनमा प्रगति हुनेछ । शुभ काममा सफलता प्राप्त गर्नुहुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन त्यत्ति सुखद नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यप्रति सतर्क रहनु हितकर हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सावधान रहनुहोला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ ।
प्रतिक्रिया दिनुहोस्