Ads

प्रतिताेला २ हजार ७०० ले घट्याे सुनको मूल्य


काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २ हजार ७०० ले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३५ हजार ५०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीकाे मूल्य भने आज ४५ रुपैंयाँले घटेर एक हजार ६६० रूपैंयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू