Ads

कांग्रेसले चुनावी समीकरण र उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्ने


काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।

तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटीसमेत तयार पार्ने छ ।

बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

Ads

सम्बन्धित पोष्टहरू