काठमाडाौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट केपि शर्मा ओली अध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी भएका छन् । मंगलबार बिहान भएको मतदानबाट ओली अत्यधिक मत ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
मंगलबार बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै पाँच बर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगकाका अनुसार भारी मतान्तरले केपी शर्मा ओली विजयी भएका छन् । अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।
अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्ने तयारी भएको आयोगले जनाएको छ । औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ ।
दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।
प्रतिक्रिया दिनुहोस्