काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज(मंगलबार) दिउसो ३ बजे बस्दैछ । आज बस्ने बैठकले स्थानीय निर्वाचनमा गठबन्धनबारे निर्णय गर्ने बताइएको छ ।
बैठकमा गठबन्धनकै विषयमा छलफल हँुदै आएको हो । बैठकमा अधिकांशले गठबन्धन गर्न नहुने तर्क प्रस्तुत गरेपनि गठबन्धनको पक्षमा बहुमत देखिएको छ ।
यस बैठकले चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि बनाउने छ । संसदीय समितिमा २५ सदस्य रहने विधानको व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्