मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): टाढिएका आफन्तसँग पुनर्मिलन हुने दिन छ । नोकरीतर्फ हुनेहरूका लागि समय शुभदायक रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउने यो छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व बहनमा आजको समय बित्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्ने सम्भावना छ । आजको दिन सवारीसाधन एवम् हातहतियारको उपयोग सावधानीसाथ गर्नु हितकर हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ, विशेष सतर्क रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तपाईंका कमजोरीको अरुले फाइदा उठाउन सक्छन् । परिवारका विशेष सदस्यको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ, ध्यान राख्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन समाजसेवा र परोपकारका कार्यमा मन जानेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । धैर्य राख्न नसक्दा हातमा आएका अवसर गुम्न सक्छन् । स्वास्थ्य पनि कमजोर रहन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सचेत रहनुहोला । जीवनसाथीलाई केही पीडा हुने योग रहेको छ । रोकिएका काम बन्नाले उत्साह जाग्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीको राम्रो साथ पाइनेछ । तर, महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, सावधन रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । यात्रा सुखद रहला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कृषिकर्म तथा पशु व्यवसायबाट राम्रो फाइदा हुने समय छ । स्थायी सम्पत्ति आर्जन होला । बाहिरी यात्रामा भने कष्ट हुने देखिन्छ । साझेदारीमा विवादको योग छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): निजी व्यवसाय तथा कृषिकर्ममा परिश्रमको तुलनामा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला ।
प्रतिक्रिया दिनुहोस्