काठमाडौं । नेपालको यस वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने अनुमान गरेको हो ।
गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार भई आकार ५३ खर्ब ८१ अर्ब पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्