काठमाडौ, राष्ट्रिय सभाका सत्तापक्षीय संसदीय दलका नेता देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि देशको समृद्धी र विकासका लागि सहकार्य हुन सक्ने बताएका छन् ।
राजनीतकि परिवर्तनका चरणहरु पूरा भई सकेकाले अब देशमा औद्योगीकरण, आर्थिक विकास र समृद्धी तर्फ सवै दलको ध्यान जान जरुरी रहेको उनको धारणा छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् स्थानीय विकास विभाग प्रमुख समेत रहेका नेता दाहालले राजनीतिक स्थिरता कायम गरि आर्थिक विकास तर्फ जुट्नु अवको आवश्यकता रहेको पनि बताए ।
सिंहदरवार स्थित दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक अस्थिरतानै अहिलेको विकासको प्रमुख बाधकको रुपमा देखिएको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्