Ads

भ्यान दुर्घटनामा एकको मृत्यु


ईलाम\ मेची राजमार्गअन्तर्गत रोङ(४ को बाघखोरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा एक पुरुषको ज्यान गएको हो।

२४\२५ वर्षको पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगूले जानकारी दिए। भ्यानमा कति सवार थिए भन्ने खुलेको छैन। बिहान ५ बजेतिर अनियन्त्रित भई राजमार्गबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

थप प्रहरी टोली घटनास्थलमा गएको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू