काठमाडाैं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएकाे छ ।
बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ७६ रनले पराजित हुन पुगेकाे हाे । त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएकाे २ सय २८ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपाल १९.२ ओभरमा १ सय ५१ रन बनाएर अलआउट भयाे ।
नेपालका लागि करण केसी र लाेकेश बमले सर्वाधिक २८/२८ रनकाे याेगदान दिए । कुशल मल्लले २०, विनाेद भण्डारीले १९ र अनिल साहले १४ रन जाेडे । अन्य ब्याटरले दाेहाेराे अंकमा रन छुन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ले तीन विकेटकाे क्षतिमा २ सय २८ रनकाे विशाल स्काेर खडा गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्