Ads

अभिनेता पल शाहले दिए उच्च अदालत पोखरामा निवेदन


काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशविरुद्ध थुनामुक्त गर्न माग गर्दै शाहले आज(मंगलबार) निवेदन दिएका हुन् । शाहले तारेखमा रिहा गर्न माग गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।

उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँको आदेश ठीक हो की होइन भन्ने बारेमा छलफल गर्ने बताइएको छ । गत फागुन ११ गते जिल्ला अदालत तनहुँमा परेको उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू