Ads

युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव छैन : जबरा


काठमाण्डौ । युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले बताएका छन् ।

आज बुधवार काठमाण्डौमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।

जबराले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताएका छन् । उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेकोसमेत बताएका छन् ।

उनले भने, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन ।’

Ads

सम्बन्धित पोष्टहरू