Ads

२०८१ वैशाख २० गते बिहीबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौतीयुक्त छ । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउला । सहयोगी वा हितैषीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट चाहिँ सामान्यमात्र लाभ मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन बाध्यतापूर्ण काममै बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहने छ । लेनदेनमा विवाद आउने योग रहेकोले सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्ला । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन आम्दानी राम्रै होला तर परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । आफन्तजनको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तथापि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । आरोग्यता र सुख वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने दिन छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । स्थानान्तरण या टाढाको यात्राको योग छ । समय उत्साहवर्द्धक रहला । आरोग्यता र आयबल बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ला । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला ।

Ads

सम्बन्धित पोष्टहरू