काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो।
भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।
उनले भने ‘संसदको अधिवेशन छिट्टै बोलाउनुहोला यो सरकारको मामिला हो। संसदको मामिला हो। प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:४० बजे पुग्नुभएका ओली दिउँसो १:५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिएका थिए।
प्रतिक्रिया दिनुहोस्