मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्यबल बढ्नेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बोलीको भरमा काम सम्पादन होला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोस् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने तपाईंले गरेको कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, तर आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, सकभर टार्ने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । सामान्य खर्चको योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फल दिने खालको दिन छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काममा अल्झनुपर्ने र घरेलु समस्याले सताउने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको महत्वपूर्ण काम भने आज सजिलै नहुने सम्भावना छ, धैर्य राख्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । पराक्रम बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय छ । साझेदारीमा फाइदा होला । मान महत्व बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । अरूका काममा समय बित्न सक्ने र उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने योग पनि छ, धैर्यपूर्वक काम गर्नु हितकर होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । ईर्ष्यालुजनबाट सावधान रहनुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्