Ads

आयोगमा ६३ हजार ७१८ वटा उजुरी


काठमाडौँ \ सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन्। बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन्।

उनका अनुसार एउटै घटनाको उजुरीहरु धेरै छन्। एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु पनि हुनसक्ने बताए। उनले उजुरीभन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए।  उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए। उनले अछाम र कपिलवस्तुमा ४ हजारभन्दा बढी उजुरी परेको र ३ हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको जानकारी दिए।

उनले एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए। उनले सामान्य प्रकृतिका उजुरीहरु बढिरहेको पनि बताए। उनले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताए।

Ads

सम्बन्धित पोष्टहरू