Ads

बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प


काठमाडौँ, सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।

बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ । आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको दावा फुटी शेर्पाले जानकारी दिए । क्याम्प चारको लक्ष्यका साथ शनिवार राती आधार शिविरबाट उकालो हिँडेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फिर्ता आउनु परेको गाइड कुङगा शेर्पाले आधार शिविरबाट जानकारी दिएका छन् ।

आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानै देखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिए ।  मे १३\१४ मा चुचुरोसम्मको बाटोमा डोरी टाँग्ने लक्ष्यका साथ फिक्सीङ टोलीले काम अघि बढाएको जानकारी भएको जनाईएको छ। यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू