काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले थप सशक्त र बलियो बन्दै गएको बताएका छन् ।
७ सय ५३ वटै स्थानीयतहका पार्टि अध्यक्षसंगको भर्चुअल छलफल कार्यक्रममा बोल्दै ओलीले एमालेलाई गतिशिल र जनताका मुद्धासंग नजिक राखेर अगाडि बढ्न निर्देशन समेत दिएका छन् ।
अध्यक्ष ओलीले अरुसंग डराउने कुनै कारण नभएको भन्दै अरुनै एमालेसंग डराएको तथ्य र प्रमाण देखिँदै गएको बताए । उनले गठबन्धन के का लागि भन्दै प्रश्न गरेका छन् ।
गठवन्धन एमालेले जित्ने भयो भनेर डराएर गरेको ओलीको टिप्पणी छ । स्थानइतहको निर्वाचन प्रतिवद्धता पत्र तयारीका सम्बन्धमा आयोजना गरिएको कार्यशालामा ओलीले नागरिकको जीवन र दैनिकीसंग जोडिएका विषय उठान गर्न अनुरोध गरेका छन् ।
स्थानीय विकास, समृद्धि र रुपान्तरणका विषयलाई केन्द्रमा राख्नुस । विगतमा गरेका कामको समिक्षा गर्नुपर्ने भन्दै ओलीले गर्न सकेका काम भन्दा पनि गर्न नसकेका काम के कारण भएनन् भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् ।
एमालेले पार्टिको घोषणा पत्र निर्माणसंगसंगै स्थानीयतहमा पनि पार्टिको तर्फबाट अगाडि बढाउने नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर घोषणापत्र तयार गरिरहेको छ ।
यसै अनुरुप अध्यक्ष सहितका पदाधिकारी र विज्ञको समुहले ७ सय ५३ वटै स्थानीयतहका पार्टि अध्यक्षसंग छलफल गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्