Ads

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडौं । एकदिवसीय नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार दिउँसो काठमाडौं आइपुगेकी उनले अपराह्न प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा नेपाल आएकी उनले दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी थिइन् ।

विदेशमन्त्री कामिकावा आइतबार राति नै नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू