काठमाडौं । तीन जना डीआईजीहरू एआईजीमा बढुवा भएपछि असन्तुष्ट रहेका तीन डिआईजीहरुले सर्वोच्च अदालतमा आज(बिहिबार) रिट दर्ता दायर गरेका छन् ।
डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले आज बढुवासम्बन्धि निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।
आज बसेको मन्त्रिपरिषदको बैठले धिरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्