Ads

निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल


नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरेका छन् ।

लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान(एसेम्बेलिङ) उद्योगको आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताएका हुन्।

पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्दै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिए ।

सरकार आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेकाले उक्त बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारीजन्य गतिविधिलाई मुख्य प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताए । देशमा औद्योगिक वातावरण सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको दाबी गर्दै उनले देश विकासमा नयाँ गति सिर्जना गर्न देशको आर्थिक समृद्धि मुख्य विषय रहेको स्पष्ट पारे ।

Ads

सम्बन्धित पोष्टहरू