काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि मतगणनास्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।
मन्त्रालयले गरेको पत्राचारमा स्थानीय तहले पनि सकारात्मक प्रतिक्रिया दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । निर्वाचनका लागि प्रयोग गरिने सीसी क्यामेरा सम्बन्धित पालिकाहरु आफैले राख्नुपर्ने छ ।
आयोगले किनेर दिएको सीसी क्यामेरा चुनावपछि उपयोगिता नहुन सक्ने भएकाले सम्बन्धित पालिकाहरुलाई नै सो व्यवस्था मिलाउन आग्रह गरिएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्