काठमाडौँ । काठमाडौँमा आज शनिबार ‘हिमालयन हाईड्रो एक्स्पो’ आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ ।
जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सवै विषयवस्तुको छलफल र प्रदर्शनी हुने आयोजकले जनाएको छ।
उर्जा उत्पादकहरूको संस्था इपानले आयोजना गरेको तीनदिने एक्स्पोको उद्घाटनअघि वृहत् विद्युतीय सवारी ¥याली पनि आयोजना हुनेछ ।
देशमा हालसम्मकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषयवस्तुमा विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञका बीचमा छलफल हुनेछ ।
पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजन ऊर्जाका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
दोस्रो दिन चैत २० गते आइतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोही दिन नै दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्सारको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरूले छलफल गर्ने भएका छन् ।
तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरक्रिया गर्ने तय गरिएको आयोजकले जनाएको छ ।
तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ ।
नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।
प्रतिक्रिया दिनुहोस्