काठमाडौँ । १४ सांसदविरुद्धको मुद्दामा आज(आइतबार) हुने भनिएको पूर्ण सुनुवाइ स्थगनको माग गर्दै निवेदन पेस भएको छ ।
एमालेबाट निष्कासित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएको थियो । तर न्यायाधीश नहकुल सुवेदी र अनिलकुमार सिन्हको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगन गर्न नेपालसहित १४ सांसद पक्षका वकिलबाट निवेदन पेस भएको छ ।
यस मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएकोमा आज पूर्ण सुनुवाईका लागि पेसि तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्