Ads

पूर्ण सुनुवाइ स्थगितको माग अस्वीकार


काठमाडौँ । माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमा आज(आइतबार) सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदैछ ।

आजको पूर्ण सुनुवाइ स्थगनको माग गर्दै पेस गरिएको निवेदन अस्वीकार भएपछि सुनुवाइ हुने भएको हो । नेपालसहितका सांसदको तर्फबाट आजको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए । तर न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले उक्त निवेदन अस्वीकार गरेका हुन् ।

यस मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएकोमा आज पूर्ण सुनुवाईका लागि पेसि तोकिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू