काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा आज(सोमबार) नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपाली टोलीमा एक खेलाडी परिवर्तन गर्दै कमल सिंह ऐरीको स्थानमा सोमपाल कामी आएका छन् । यस सिरिजमा लगातार जीत निकाल्दै फाइनल पुगेको नेपालले आज पीएनजीलाई हराएर उपाधि उचाल्ने योजनामा रहेको छ । ४ खेलमा ४ जित निकालेको नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्दैछ ।
पीएनजीले ४ खेलमा ३ हार र एक जीत निकालेको थियो । ४ खेलमा १ जीत र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्