Ads

नेपालद्धारा पीएनजीलाई १ सय ६९ रनको लक्ष्य


काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।
आज(सोमबार) दुबै टोली उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रिएका छन्

यस सिरिजमा लगातार जीत निकाल्दै फाइनल पुगेको नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्दैछ । पीएनजीले ४ खेलमा ३ हार र एक जीत निकालेको थियो । ४ खेलमा १ जीत र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

केहिबेरमा नेपालले पीएनजीविरुद्ध बलिङ गर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू