Ads

सत्ता गठबन्धन बैठक : स्थानीय निर्वाचनको तयारी तथा अनुगमन समिति गठन


काठमाडौँ । स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि सत्ता गठबन्धनका दलहरुल छुट्टै समिति गठन गरेका छन् ।

आज(मंगलबार)प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका हो ।

आज गठन गरिएको समितिमा कांग्रेसका तर्फबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट देव गुरूङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट र विजय पौडेल र बेदुराम भुसाल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू