काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा कोशी जनता माध्यमिक विद्यालयकी एक छात्राको हत्या भएको छ ।
कक्षा १० मा अध्ययनरत कविता सुनुवारको आज(मंगलबार) यसोदा खोलामा हत्या भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्य नारायण साहले संयुक्त विज्ञप्ती जारी गर्दै हत्या भएको बताएका छन् । “यस घटनाको निश्पक्ष छानविन गरि यथाशिघ्र अपराधी पत्ता लगाइ कडा भन्दा कडा सजाय हामी सरकार संग जोडदार माग गर्दछौ।” जारी विज्ञप्तीमा उल्लेख छ ।
विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्