Ads

उम्मेदवारी सिफारिस तत्काललाई रोक्न कांग्रेसको निर्देशन


काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई रोक्न नेपाली कांग्रेसले जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै तत्काललाई उम्मेदवार सिफारिस रोक्न लगाएको हो । टिकटको निर्णय गर्ने तहलाई केन्द्रबाट अर्को निर्णय नआउँदासम्म टिकट दिने काम होल्ड गर्न भनिएको छ ।

यसअघि नै भएको निर्णयमा वडा कार्यसमितिले चैत २१ र पालिकाहरुले चैत २३ सम्म उम्मेदवारको टुंगो लगाएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू