काठमाडौँ । भारतले नेपाललाई थप ३ सय २५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिएको छ । आज(बुधबार) ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर थप ३ सय २५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको बताएकी छन् ।
१ सय ४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १ सय ४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको छ ।
त्यस्तै ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्