काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु उचित नभएको बताएका छन् ।
गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निलम्बन गर्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको उनको भनाइ छ ।
आज(शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गभर्नरलाई निकाल्नु सरासर गलत भएको बताएका छन् । अध्यक्ष ओलीले गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबीन समिति बनाएको आरोपसमेत लगाएका छन् ।
निलम्बित गभर्नर अधिकारीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्