काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले गरेको राष्ट्र बैंकका गभर्नर निलम्बनको निर्णय गलत भएको बताएका छन् ।
गभर्नरलाई सरकारले निलम्बन गरेपछि पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि नेकपा एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गर्भनर निलम्बनको निर्णयलाई तत्काल सच्याउन समेत सरकारलाई दवाव दिएका छन् ।यदि यस निर्णयमा सरकार कायम रहिरहेको अवस्थामा मुलुकको अर्थव्यवस्था थप धरासाही बन्न सक्ने उनले बताएका छन् ।
एमाले सरकारबाट बाहिरिएको ९ महिना पुरा नहुँदै मुलुक आर्थिक गिरावटको अवस्थामा पुगेको र राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप भएको उनको भनाइ छ । उनले वित्तीय नितिमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै अर्थनितिसंग सम्बन्धित निकायहरुकाबीचमा पनि मनमुटाव भएको बताए।
पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्