काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले गभर्नरलाई कारवाही गरेर गलत अभ्यासको सुरुवात गरेको बताएका छन्।
आज(आइतबार) नेकपा एमाले प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खस्कँदो अर्थतन्त्र सुधारका लागि काम गरिरहेको अवस्थामा गभर्नरलाई कारवाही गरेर वर्तमान सरकार व्यक्ति केन्द्रीत र स्वार्थ केन्द्रीत भएको बताए।
महिनाको १० प्रतिशत खर्च गर्ने सरकारको उट्पट्यांक अभिव्यक्तिले विकास र खर्च नबढ्ने भन्दै गर्न सकिने र हुने कुरा जनताकोबीचमा लैजानुपर्ने उनको धारणा थियो ।
कुनै पनि अवस्थामा अर्थमन्त्रीले गभर्नरलाई कार्वाही गर्नु उचित नहुने भन्दै देशको आर्थिक अवस्था चिन्ताजनक रहेको र नेपालमा पनि श्रीलंकाको जस्तो अवस्था आउन सक्ने उनको भनाइ छ । वर्तमान सरकारले गठबन्धन जोगाउने बाहेक अरु कुनै विषयमा ध्यान दिन नसकेको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्