Ads

आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने गठबन्धनको अपिल


काठमाडौँ । पाँच दलिय गठबन्धनले आज(सोमबार) एक अपिल जारी गरेको छ । परिवर्तन विरोधी र दुराशयबाट देश र जनातालाई जोगाउनका लागि पाँचदलिय गठबन्धन बनेको स्पष्ट पार्दै गठबन्धनका उम्मेदवारहरुलाई स्थानीय तह निर्वाचनमा विजयी बनाउन अनुरोध गर्दै अपिल जारी गरिएको हो ।

हरेक नेपाली जनताको स्वतन्त्रता, उन्नतीका र स्थानीय वासिन्दाहरुको कठिनाइलाई सामाधान गर्दै स्थानीय तह निर्वाचनमा मिलेर जाने घोषणा गठबन्धनले गरेको छ ।  “नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाली राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौ।” अपिलमा उल्लेख छ ।

परिवर्तनलाई आत्मसाथ गर्न नसक्नेहरु र नचाहने कतिपय शक्तिहरुले परिवर्तनको विरुद्ध षडयन्त्र गरिरहेको गठबन्धनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू