Ads

महानिरीक्षक खनालले लिए अवकाश, सशस्त्र प्रहरी बल नेतृत्वविहीन


काठमाडौं । सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ । प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आज(सोमबार) अवकाश लिएपछि प्रहरी बल नेतृत्वविहीन भएको हो । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले अवकाश लिएका हुन् ।
२०७४ चैतमा २७ गते सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका उनले अवकाश पाएपछि सरकारले नयाँ महानिरीक्षकको टुंगो अझै लगाउन सकेको छैन ।

सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी रामशरण पौडेल र पुष्पराज केसीको दाबी रहेको छ । उनिहरु उमेर हदका कारण वैशाख १९ गतेदेखि अनिवार्य अवकाश पाउने भएका छन् । त्यसपछि महानिरीक्षकका लागि पुनः नयाँ नेतृत्व चयन हुने छ ।

 

Ads

सम्बन्धित पोष्टहरू