Ads

आचारसंहिता उल्लंघन सम्वन्धमा निर्वाचन आयोगले नेकपा एससँग माग्यो जवाफ


काठमाडौं। निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)सँग तीन दिने जवाफ मागेको छ।

नेकपा एसले २६ चैतमा काठमाडौंमा आयोजित आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले नेकपा एसलाई चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको जानकारी दिए।

नेकपा एसले २६ चैतमा काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको जानकारी आएकाले तीन दिनभित्र आधार, प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू