काठमाण्डौं– अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही नेपाल राष्ट्र बैंकको ऐनको प्रवाधान अनुसार नै गरेको बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले गभर्नरलाई कारबाही गरेको कुरा कानून सम्मत नै रहेको बताएका हुन ।
उनले भने गभर्नरलाई किन कारबाही गरियो भन्ने कुराको छानविन गर्न कमिटि गठन गरिएको छ त्यसको रिपोर्ट आएपछि सबै कुरा प्रष्ट हुन्छ ।
अर्थमन्त्रीले भने, ‘कमिटिले छानविन गरेर रिर्पोट दिन्छ । त्यो रिर्पोटले सबै प्रश्नको जवाफ दिनेछ । छानविन कमिटि गठन भएकाले कमिटिलाई काम गर्न दियौं भने सबै कुरा एक महिनामा तपाईहरुको सामुने आउँछ ।’
चैत २५ गते सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्