Ads

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पठाउन थालिएको हो ।

आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो ।

१५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् ।

 

Ads

सम्बन्धित पोष्टहरू