Ads

गणतन्त्रको रक्षा गर्ने दायित्व : दाहाल


काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो‘, अध्यक्ष दाहाले भने , ‘अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।‘ निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताए । -रासस

Ads

सम्बन्धित पोष्टहरू