काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डल र सीके राउत नेतृत्वको जनमत पार्टीबीच आज(शुक्रबार) भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
राउतसहित पार्टीका नेताहरूले आज गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर स्थानीय तह निर्वाचनअघि नै सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेका हुन् । थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र कृषिलगायतका विषयमा भएका मागहरु पूरा गर्नुपर्ने जनमत पार्टीको माग रहेको छ ।
गृहमन्त्री खाँणले जनमत पार्टीसँग सरकारले गरेको सहमति अनुसार कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र मागहरु कार्यान्वयनमा पनि पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्